Madhesh Post
  • गृहपृष्ट
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साहित्य
    • लेख
    • पर्यटन
    • स्वास्थ्य
    • विज्ञान
    • शिक्षा
    • सम्पादकिय
No Result
View All Result
  • Login
  • गृहपृष्ट
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साहित्य
    • लेख
    • पर्यटन
    • स्वास्थ्य
    • विज्ञान
    • शिक्षा
    • सम्पादकिय
No Result
View All Result
  • Login
Madhesh Post
No Result
View All Result

पर्दा पछाडिका ‘हिरो’हरू

मधेश पोस्ट by मधेश पोस्ट
कार्तिक २३, २०८२
in विचार/लेख, समाचार
A A
0
पर्दा पछाडिका ‘हिरो’हरू

पर्दामा देखिने कलाकारहरूको अभिनयले दर्शकलाई आकर्षित गर्छ भन्ने सबैले अनुभूति गरेकै विषय हो  । तर, चलचित्रमा देखिने दृश्यलाई सुन्दर र प्रभावकारी बनाउन पर्दापछाडि काम गर्ने प्राविधिकको भूमिकाका बारेमा धेरैलाई थाहा हुँदैन । प्रभावकारी ‘टिम स्प्रिट’का साथ निर्मण हुने चलचित्रमा पर्दापछाडि काम गर्ने निर्देशक, मुख्य सहायक र सहायक निर्देशकको जिम्मेवारी तथा भूमिका महत्वपूर्ण हुने भए पनि ती सदैव ओझेल परिरहेका हुन्छन् ।

मुख्यतः धेरैले पर्दा पछाडिका ‘हिरो’ भनेर निर्देशकलाई चिन्ने गर्छन् । किनकि निर्देशक नै चलचित्र तयार गर्ने ‘टिम क्याप्टेन’ हुन् । तर, पर्दाभित्र रही निर्देशकलाई पनि सघाउने मुख्य सहायक तथा सहायक निर्देशकहरू आम दर्शकमाझ अपरिचित  तथा गुमनाम हुन्छन् ।

चलचित्रको व्यवस्थापनदेखि कलाकारको तालिम, संवाद र दृश्य व्यवस्थापनसम्म उनीहरू सक्रिय रहन्छन् । निर्देशकको योजना र भिजनलाई छायाङ्कन सेटमा कार्यान्वयन गराउने मुख्य व्यक्ति उनीहरू नै हुन् । छायाङ्कनको तालिका तयार पार्ने, कलाकार र प्राविधिकबीच समन्वय गर्ने र दृश्यको तयारी सुनिश्चित गर्नु उहाँहरूको जिम्मेवारी हो । यदि निर्देशक चलचित्रको कप्तान हुन् भने सहायक निर्देशकहरू खेलमैदानमा रणनीति कार्यान्वयन गराउने खेलाडी हुन् ।

हामीले सामान्यता देख्ने ‘क्ल्याप ब्वाई’ देखि ‘एक्सन कट’ भन्ने निर्देशकसम्मकै मेहनतले एउटा चलचित्रलाई पूर्ण बनाउन मद्दत गर्छ । तर, निर्देशकको चर्चा भए तापनि मुख्य सहायक वा सहायक निर्देशकको विरलै चर्चा हुने गर्छ ।

‘पर्दा पछाडिका हिरो’ का रुपमा चिनिने उनीहरूले मेहनत धेरै र चर्चा कम पाउने गर्छन् । विगत डेढ दशकदेखि ‘क्ल्याप ब्वाई’ हुँदै मुख्य सहायक निर्देशकसम्म भूमिका निर्वाह गरिसक्नुभएका फिरोज खड्काका अनुसार निर्देशक र कलाकार बीचको पुलको काम सहायक निर्देशकहरूले गर्दछन् ।

“सहायक निर्देशकका रुपमा जति मेहनत गर्न सक्यो त्यति नै काम सिकिन्छ । तर, निर्देशकको विश्वास जितेर काम गर्न सक्नुपर्छ । आफ्नो कामसँगै अन्य काममा पनि आफ्नो सहभागिता देखाउन सक्नुपर्छ, किनकि सहायक निर्देशक भए पनि निर्देशककै समूहमा रहेर काम गरिरहेका हुन्छौँ”, मुख्य सहायक निर्देशक खड्काले भन्नुभयो ।

इहो पढु

शान्तिपूर्ण मनोनयनले मतदान अधिकार सुनिश्चित हुने आधार तयार भयोः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

झापामा निर्वाचनको रौनकः पाँच क्षेत्रमा ९० उम्मेदवारको मनोनयन दर्ता

उहाँका अनुसार दृश्यको निरन्तरता, एउटा दृश्यमा देखिने सम्पूर्ण समान र कलाकारको भावको निरन्तरतासँगै कलाकारलाई पात्रसँग जोड्ने काम सहायक निर्देशकहरूकै हुन्छ । उहाँले चलचित्र ‘भगवान् सबैको’ मार्फत निर्देशक विभागमा कामको सुरुआत गर्नुभएको थियो । त्यसयता ‘गुडबाई काठमाडौँ’, ‘लूट’, ‘सेतो सूर्य’, ‘राजगञ्ज’ लगायतका लोकप्रिय चलचित्रहरूमा उहाँले काम गरिसक्नुभएको छ ।

उहाँ पछिल्लो समय खोजिने मुख्य सहायक निर्देशकको रुपमा परिचित हुनुहुन्छ । प्रायः निर्देशक निश्चल बस्नेतको मुख्य सहायक भएर उहाँले काम गर्दैै आउनुभएको छ ।  “निर्देशक बस्नेतसँग सुरुआती दिनदेखि नै काम गरेकाले पनि हामी सहज भयौँ, उहाँले पनि विश्वास गर्नुभयो । त्यसकारण उहाँका चलचित्रमा मैले मुख्य सहायक निर्देशक भएर काम गरेको छु । राम्रो निर्देशकहरूसँग काम गर्न पाउँदा हामीले पनि सिक्दै, बुझ्दै आफूलाई परिपक्व बनाउन सक्छौँ”, उहाँले भन्नुभयो ।

निर्देशन विभागमै रहेर डेढ दशक काम गरिसक्नुभएका अर्का निर्देशक हुनहुन्छ, अनिल खड्का । उहाँले पनि धेरै चलचित्रमा सहायक र मुख्य सहायक निर्देशकका भूमिका निर्वाह गरिसक्नुभएको छ । केही चलचित्रमा निर्देशकले विश्वास गरेर उहाँलाई दृश्य निर्देशन गर्न पनि प्रेरित गर्नुभएको छ ।

“हामीले निर्देशककै अन्तर्गत रहेर काम गर्छौं । कलाकार र निर्देशक बीचको सहजीकरणसँगै निर्देशककै आँखा बनेर हामीले काम गरिरहेका हुन्छौँ । त्यसले हामीलाई काम गर्ने शैलीबारे अवगत गराउनाका साथै कठिनाइसँग पनि जानकार गराउँछ”, उहाँले भन्नुभयो ।

मुख्य सहायक निर्देशक भएर काम गरिरहनुभएका खड्का विस्तारै चलचित्र निर्देशनको तयारीमा हुनहुन्छ । तर, आफूलाई चित्त बुझ्दो पटकथा नपाउँदासम्म उहाँले त्यो आँट गर्न सक्नुभएको छैन ।

“हामीले छिमेकी देश भारतकै बलिउडको उदाहरण हे¥यौँ भने त्यहाँ आफ्नो सहायकलाई निर्देशकका रुपमा अगाडि ल्याएको देखिन्छ । तर, नेपालमा लगानीकर्तासँग ‘कर्पोरेट हाउस’ विरलै जोडिन्छन् । फलतः आफ्नो गोजीको लगानीमा ‘रिस्क’ लिन कसैले आँट गर्दैनन् । त्यही भएर मुख्य सहायक निर्देशक हुँदै निर्देशक बनेका धेरैले निरन्तरता दिन सकिरहेका छैनन्”, निर्देशक अधिकारीले भन्नुभयो ।

उहाँहरू झैँ काम गरेर निर्देशक बन्नुभएका भद्र भुजेल, सम्राट शाक्य, मुस्कान ढकाललगायतका निर्देशकले आफ्नो पेसालाई निरन्तरता दिन कठिनाइको सामना गरिरहनुभएको छ । त्यसकारण पनि केही साहायक निर्देशकहरू पूर्णरुपमा निर्देशक बन्न तयार देखिएका छैनन् । उनीहरू निर्देशकीय चलचित्र व्यावसायिक रुपमा असफल भएमा चलचित्र निर्देशनसँगै निर्मातालाई रिझाउनुपर्ने दबाब हुने बताउँछन् ।
–––

रासस

 

Tags: अनिल खड्कालेख
मधेश पोस्ट

मधेश पोस्ट

madhesh post

Related Posts

शान्तिपूर्ण मनोनयनले मतदान अधिकार सुनिश्चित हुने आधार तयार भयोः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
समाचार

शान्तिपूर्ण मनोनयनले मतदान अधिकार सुनिश्चित हुने आधार तयार भयोः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

by मधेश पोस्ट
माघ ६, २०८२
0

काठमाडौँ, ६ माघः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न...

Read moreDetails
झापामा निर्वाचनको रौनकः पाँच क्षेत्रमा ९० उम्मेदवारको मनोनयन दर्ता

झापामा निर्वाचनको रौनकः पाँच क्षेत्रमा ९० उम्मेदवारको मनोनयन दर्ता

माघ ६, २०८२
एनपिएलको दोस्रो यामको फाइनल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने

एनपिएलको दोस्रो यामको फाइनल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने

मंसिर २६, २०८२
पर्दा पछाडिका ‘हिरो’हरू

रहरको पदयात्रा, कहरको मृत्यु

कार्तिक २४, २०८२

कैदवापतको रकम बुझाएर कारागारबाट छुटे एमाले नेता शेर्पा

कार्तिक २४, २०८२

मलेसियाको १० बुँदे मापदण्ड अमान्य भन्दै नेपालले पठायो कूटनीतिक नोट

कार्तिक २४, २०८२
Next Post
माथिल्लो मर्स्याङ्दी ए आयोजना बाँधस्थल

माथिल्लो मर्स्याङ्दी ए आयोजना बाँधस्थल

POPULAR NEWS

No Content Available

EDITOR'S PICK

शान्तिपूर्ण मनोनयनले मतदान अधिकार सुनिश्चित हुने आधार तयार भयोः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

शान्तिपूर्ण मनोनयनले मतदान अधिकार सुनिश्चित हुने आधार तयार भयोः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

माघ ६, २०८२
झापामा निर्वाचनको रौनकः पाँच क्षेत्रमा ९० उम्मेदवारको मनोनयन दर्ता

झापामा निर्वाचनको रौनकः पाँच क्षेत्रमा ९० उम्मेदवारको मनोनयन दर्ता

माघ ६, २०८२

कैदवापतको रकम बुझाएर कारागारबाट छुटे एमाले नेता शेर्पा

कार्तिक २४, २०८२

मलेसियाको १० बुँदे मापदण्ड अमान्य भन्दै नेपालले पठायो कूटनीतिक नोट

कार्तिक २४, २०८२
प्राइम नेपाल न्यूज
Madhesh Post

© 2025 MadheshPost | Developed By ILM Store

Navigate Site

  • Home
  • Contact Us
  • About Us

Follow Us

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ट
  • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • गण्डकी प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरंजन
  • राजनीति
  • विचार/लेख
  • विज्ञान
  • साहित्य

© 2025 MadheshPost | Developed By ILM Store