Madhesh Post
  • गृहपृष्ट
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साहित्य
    • लेख
    • पर्यटन
    • स्वास्थ्य
    • विज्ञान
    • शिक्षा
    • सम्पादकिय
No Result
View All Result
  • Login
  • गृहपृष्ट
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साहित्य
    • लेख
    • पर्यटन
    • स्वास्थ्य
    • विज्ञान
    • शिक्षा
    • सम्पादकिय
No Result
View All Result
  • Login
Madhesh Post
No Result
View All Result

एनपिएलको दोस्रो यामको फाइनल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने

मधेश पोस्ट by मधेश पोस्ट
मंसिर २६, २०८२
in Flash, खेलकुद, समाचार
A A
0
एनपिएलको दोस्रो यामको फाइनल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण अन्तिम चरणमा पुगेको छ । मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि भिडन्त शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा हुने भएको छ । दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिम रोयल्सले प्रतियोगिताभरि सन्तुलित र प्रभावशाली प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमले आफ्नो दाबेदारी थप बलियो बनाएको थियो । कप्तान दीपेन्द्रसिंह ऐेरीको नेतृत्वमा रहेको टोली बलिङ र ब्याटिङ दुवै पक्षमा स्थिर देखिएको छ, जसले उपाधि जित्ने सम्भावनालाई बल दिएको छ ।

उता लुम्बिनी लायन्सले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनल स्थान सुरक्षित गर्‍यो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भए पनि विराटनगरले दोस्रो अवसर पाएको थियो, तर लुम्बिनीको दबाबयुक्त प्रदर्शनका अगाडि टिक्न सकेन । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी यस सिजन अघिल्लो संस्करणको कमजोरीलाई सुधार्दै अघि बढेको देखिन्छ ।

गत संस्करणमा लिग चरणमै बाहिरिएको लुम्बिनी यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको छ । यद्यपि लिग चरणमा यी दुई टोलीबीच भएको भेटमा सुदूरपश्चिमले ७ विकेटको सहज जित दर्ता गरेको तथ्यले फाइनलमा पनि सुदूरपश्चिमलाई मनोवैज्ञानिक अग्रता दिलाउन सक्छ । अर्कोतर्फ, फाइनल जस्तो ठूलो खेलमा लुम्बिनीले रणनीति र संयममा सुधार गर्न सके खेल रोचक बन्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको विजेताले रु एक करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु ५१ लाख पाउनेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले रु २५ लाख र चौथो हुने टोलीले रु १५ लाख पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा सम्पन्न यस प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो, जसले घरेलु क्रिकेटको स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ ।

अब शनिबारको फाइनल खेलले दोस्रो यामको एनपिएललाई नयाँ विजेता दिने कि सुदूरपश्चिमलाई पहिलो उपाधि दिलाउने भन्ने टुंगो लगाउनेछ ।

इहो पढु

सप्तरी –१ बाट इन्जिनियर सुमित साहको उम्मेदवारी दर्ता

शान्तिपूर्ण मनोनयनले मतदान अधिकार सुनिश्चित हुने आधार तयार भयोः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

Tags: Nepal Premier League (NPL)Npl
मधेश पोस्ट

मधेश पोस्ट

madhesh post

Related Posts

Flash

सप्तरी –१ बाट इन्जिनियर सुमित साहको उम्मेदवारी दर्ता

by मधेश पोस्ट
माघ ६, २०८२
0

सप्तरी निर्वाचन क्षेत्र नं. १ बाट स्वभिमान पार्टीका युवा र सक्रिय नेता इन्जिनियर सुमित साहले संघीय प्रतिनिधि सभा सदस्यका लागि...

Read moreDetails
शान्तिपूर्ण मनोनयनले मतदान अधिकार सुनिश्चित हुने आधार तयार भयोः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

शान्तिपूर्ण मनोनयनले मतदान अधिकार सुनिश्चित हुने आधार तयार भयोः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

माघ ६, २०८२
झापामा निर्वाचनको रौनकः पाँच क्षेत्रमा ९० उम्मेदवारको मनोनयन दर्ता

झापामा निर्वाचनको रौनकः पाँच क्षेत्रमा ९० उम्मेदवारको मनोनयन दर्ता

माघ ६, २०८२
पर्दा पछाडिका ‘हिरो’हरू

रहरको पदयात्रा, कहरको मृत्यु

कार्तिक २४, २०८२

कैदवापतको रकम बुझाएर कारागारबाट छुटे एमाले नेता शेर्पा

कार्तिक २४, २०८२

मलेसियाको १० बुँदे मापदण्ड अमान्य भन्दै नेपालले पठायो कूटनीतिक नोट

कार्तिक २४, २०८२
Next Post
झापामा निर्वाचनको रौनकः पाँच क्षेत्रमा ९० उम्मेदवारको मनोनयन दर्ता

झापामा निर्वाचनको रौनकः पाँच क्षेत्रमा ९० उम्मेदवारको मनोनयन दर्ता

POPULAR NEWS

No Content Available

EDITOR'S PICK

पर्दा पछाडिका ‘हिरो’हरू

रहरको पदयात्रा, कहरको मृत्यु

कार्तिक २४, २०८२
माथिल्लो मर्स्याङ्दी ए आयोजना बाँधस्थल

माथिल्लो मर्स्याङ्दी ए आयोजना बाँधस्थल

कार्तिक २३, २०८२

कैदवापतको रकम बुझाएर कारागारबाट छुटे एमाले नेता शेर्पा

कार्तिक २४, २०८२
पहेँलपुर तोरीबारी

पहेँलपुर तोरीबारी

कार्तिक २३, २०८२
प्राइम नेपाल न्यूज
Madhesh Post

© 2025 MadheshPost | Developed By ILM Store

Navigate Site

  • Home
  • Contact Us
  • About Us

Follow Us

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ट
  • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • गण्डकी प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरंजन
  • राजनीति
  • विचार/लेख
  • विज्ञान
  • साहित्य

© 2025 MadheshPost | Developed By ILM Store