सप्तरी निर्वाचन क्षेत्र नं. १ बाट स्वभिमान पार्टीका युवा र सक्रिय नेता इन्जिनियर सुमित साहले संघीय प्रतिनिधि सभा सदस्यका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। विकास, सुशासन र जनउत्तरदायी राजनीतिलाई प्राथमिकतामा राख्दै अघि बढेका साहको उम्मेदवारीले स्थानीय राजनीतिमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
स्थानीयवासीहरूले इन्जिनियर साहलाई परिवर्तनको प्रतिनिधिका रूपमा हेरेका छन्। उनीहरूका अनुसार वर्तमान अवस्थामा अनुभवसँगै स्पष्ट दृष्टि, इमान्दारिता र कार्यक्षमतायुक्त नेतृत्व आवश्यक रहेको छ, जुन गुण साहमा देखिन्छ। जनताको आवश्यकता र समस्यालाई नजिकबाट बुझेर समाधानतर्फ पहल गर्ने उनको प्रतिबद्धताले मतदाताको भरोसा थप मजबुत बनेको बताइन्छ।
स्वभिमान पार्टीले सुमित साहको उम्मेदवारीलाई क्षेत्रको समग्र विकास, पारदर्शी शासन र युवामैत्री नेतृत्व स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। सप्तरी–१ मा सकारात्मक परिवर्तनको सुरुआत भएको अपेक्षासहित जनस्तरबाट समर्थन बढ्दै गएको देखिन्छ।





